झापा, २२ कार्तिक । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाललाई १ ग्राम १११ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


