
झापा, २५ कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ मा रहेको सन्तोष नेम्वाङको दुई तले ग्वालीमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान नेम्वाङको गाई बाँध्ने ग्वालीमा राखिएको परालमा अज्ञात कारणले अचानक आगलागी भएको थियो । आगोले ग्वाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय प्रशासनले जनाएको छ ।
घटनापछि शिवसताक्षी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा तथा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगो नियन्त्रणमा लिन करिब एक घण्टा लागेको र दिउँसो १२ः२५ बजे पूर्ण रूपमा निभाइएको जनाइएको छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


