झापा, २६ कात्तिक । झापा जिल्लाको झापा गाउँपालिका–६ स्थित शरणामतीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मंगलबार स्थानीय ४५ वर्षीय सुनिल सोरेन ना. १ त. ३३१६ नम्बरको ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा सोही दिन दिउँसो ३ः३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


