झापा, २६ कात्तिक । झापाको दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय बिनोद चौलागाईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंसिर २५ गते दिउँसो करिब ३ बजे चौलागाई अत्यधिक मदिरा सेवन गरी दमक–६ स्थित बोका हाउस अगाडि लडिरहेको अवस्थामा स्थानीयवासीहरूले फेला पारेका थिए । त्यसपछि उनका भाइ योगेन्द्र चौलागाईले उनलाई घर लगेका थिए ।
तर, आज बिहान स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पतालमा पु९याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव कानूनी प्रक्रिया पूरा गरी दिउँसो पोष्टमार्टमका लागि दमक अस्पतालमै पठाइएको र पोष्टमार्टमपछि शव भाइ योगेन्द्र चौलागाईले बुझिलिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


