
झापा, २६ मङ्सिर । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली पार्टीको कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
कांग्रेस झापाको बिहीबारको बैठकले झापाका पाँच वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गरेको हो । सिफारिस गरिएका नाममा रायसुझाव भए जिल्ला कार्य समितिले पुनः पठाउनसक्ने जनाइएको छ ।
केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टीको विधान बमोजिम क्षेत्रीयस्तरमा बैठक राखी उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरे बमोजिम नाम प्रदेश समितिमा सिफारिस भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस भएको हो ।
त्यसैगरी, झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ सरिता प्रसाईं, छत्रबहादुर गिरी र सजेश शिवाकोटीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मिरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको कांग्रेस झापाले जनाएको छ ।
झापा क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ नवीन बिमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी, टिकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बूको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङ्वा र शीला तामाङको नाम सिफारिस गरिएको जनाइएको छ ।
झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौलागार्इं, धनमाया चिमरियाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा र मथुरादेवी श्रेष्ठको नाम सिफारिस पार्टीले जनाएको छ ।
क्षेत्र नं. ५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी र सिरम कार्कीको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराइली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको कांग्रेस झापाले जनाएको छ ।


