
१. मुटुरोग नियन्त्रण गर्छ – बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।
२. भिटामिन र खनिज पदार्थ प्रसस्त – गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।
३.चुरोटखाँदा हुने असर कम गराउछ – गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ ।
४. पाचनशक्ति बढाउछ – गोलभेडाको नियमीत सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।
५. पत्थरी हुनबाट जोगाउछ – नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।
६.कपाल राम्रो बनाउछ – गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।
७.छाला स्वस्थ्य राख्छ – गोलभेडाको जुस खाँदा छाला चम्कीलो हुन्छ । साथै छालाको कोषहरुलाई विग्रनबाट जोगाउछ ।
८.हड्डी बलियो हुन्छ – गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउन मद्धत गर्छ ।
९. रगत जम्नबाट जोगाउछ – रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रसस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।
१०. क्यान्सरको सम्भावना कम हुन्छ – हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउनेकाम गर्छ ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

