
झापा, ६ पुस । सुनको भाउ आज घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १ सय रुपैयाँले बढेर तोलाको ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



