
झापा, १२ पुस । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय हिजो शुक्रवारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ ।
पाँच लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८ सय २० रूपैयाँ ८० पैसाको दर अनुसार कूल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको सेयर माग भएको हो ।
यो आईपीओ ५०–५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ । आवेदक संख्याको आधारमा आईपीओ भर्ने हरेक ३२ मध्ये एक जनालाई ५० कित्ता सेयर पर्ने कम्पनीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



