
झापा, २९ पुस । झापाको कमल गाउँपालिकामा सर्पदंशबाट एक पुरुषको मृत्यु भएको छ ।
कमल–६ सोनापुरस्थित गेउरीयाका ३७ वर्षीय बुद्धिकुमार राजवंशीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजे राजवंशीलाई आफ्नै घरको शौचालय जाने क्रममा विषालु सर्पले टोकेको थियो ।
उनलाई नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा ल्याई उपचार भइरहेकोमा थप उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो । डाक्टरले चेकजाँच उनको मृत्यु भइसकेको जनाएको थियो ।
Facebook Comments Box

