
बिर्तामोड, १६ माघ । झापा बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सन्तोष न्यौपानेसहित नौ जनालाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज पत्रकार, शिक्षासेवी, विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान गरिएको हो ।
सम्मानीत हुनेहरुमा पत्रकार सन्तोष न्यौपाने, न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाईं, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो ।
उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, बिद्यालयका सञ्चालक आशिष प्रसाई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलगायतले सम्मानीतहरुलाई सम्मान गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष तथा समाजसेवी जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।


