
झापा, १७ माघ । झापाको दमक नगरपालिका–४ स्थित चिया टोलमा रहेको न्यु पाथिभरा फर्निचर उद्योगमा माघ १७ गते बिहान करिब ६ः१५ बजे दुर्घटना हुँदा एक कामदार गम्भीर घाइते भएका छन् ।
मोरङको रतुवामाई नगरपालिका–४ बस्ने ४० वर्षीय विरबहादुर ताजपुरिया काठ चिर्ने क्रममा मेसिनले उनको बाँया हात काटिएर (चुडिएको) गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा ल्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको छ।
Facebook Comments Box


