
इलाम, ६ फागुन । गएराति करिब ९ बजे सुख्खा पहिरो जाँदा मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–कोल्बुङ क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण झापाबाट इलाम सदरमुकाम हुँदै पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका यात्रुबाहक तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएपछि सवारीसाधनहरू झापा–इलामको सिमाना जोरकलसमा रोकिएका छन् । सडक डिभिजन कार्यालय इलामका अनुसार पहिरो हटाउने काम बिहानैदेखि सुरु गरिएको छ । कार्यालय प्रमुख पवन भट्टराईका अनुसार भिरालो भू–भाग र ढुंगा झर्ने जोखिमका कारण सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्न सक्ने छ ।
Facebook Comments Box


