
झापा, ६ फागुन । झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चौकस्थित दिपक बरालको खाली जग्गामा करिब ३ महिने नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
कानुनी प्रक्रिया र मुचुल्का कार्य गरी शिशुको शव भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

Facebook Comments Box

