
इलाम, ६ फागुन । अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुङ सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलवार बेलुकादेखि अवरुद्ध बनेको सडकमा यातायात सुचारु भएको हो ।
मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान पहिरो पन्छाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र भएका थिए । यातायात सुचारु भएपछि हिजोदेखि राजमार्गमा रोकिएर सवारी सञ्चालनमा आएका हुन ।

पूर्ण रूपमा सवारी सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाइएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र झापाको सिमाना जोर कलशदेखि कोल्बुङसम्म सडक फराकिलो बनाउन काम भइरहेको छ ।
Facebook Comments Box

