
झापा, ६ फागुन । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आज आयोजित चुनावीसभाबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
१० बुँदे प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने नेपाल, देशलाई चिनाउने नेपाल र ओखती र ओत दिने नेपाल जस्ता विषय समेटिएको छ ।

यस्तै, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल जस्ता बूँदा पनि प्रतिज्ञापत्रमा उल्लेख छन् ।
जनकपुरको सभाबाट सभापति थापाले घोषणापत्र सार्वजनिक गरे पनि ललितपुरको सानेपास्थित कांग्रेस मूख्यालयबाट प्रवक्ता देवराज चालिसेले घोषणापत्रका बूँदाहरु सार्वजनिक गरेका थिए ।
गगनको १० बुँदे ‘मधेस–देश’ प्रतिज्ञा
प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने गौरवपूर्ण नेपाल
सपना देख्नसक्ने र आफ्नै जीवनकालमा साकार पार्नसक्ने नेपाल
सिंगो विश्वलाई उत्पादन निर्यात गर्न सक्ने स्वाभिमानी किसानको नेपाल
छोराछोरी पढाउन ऋण काढ्नु नपर्ने र उच्च शिक्षाको ग्यारेन्टी भएको नेपाल
बिरामी हुँदा उपचार खर्चको पिरलो नपर्ने ९निःशुल्क बीमा० नेपाल
मौलिक संस्कृतिमा गौरव गर्दै आधुनिक प्रविधिमा लम्कने सूचना प्रविधिको नेपाल
विश्वले स्वाभिमानी र स्वतन्त्र देश भनेर सम्मान गर्ने नेपाल
आर्थिक समुन्नति र समृद्धिको महामार्गमा लम्कने नेपाल
प्रत्येक नागरिक प्रशासनिक हैरानी र झन्झटबाट मुक्त भएको नेपाल
कानून ठूलालाई चयन र सानालाई ऐन हुने1 विभेदकारी अध्यायको पूर्ण अन्त्य

