
झापा, २४ फागुन । गौरीगंज गाउँपालिका–६, भारु चोकस्थित एक घुम्ती किराना पसलमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
मिति २०८२ फागुन २४ गते दिउँसो करिब १ः३० बजे तुलसी साहको स्वामित्वमा रहेको जसता पाताले बनेको र टिनको छाना भएको एक कोठे किराना पसलमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोली, निर्वाचन प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब २ः०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको थियो।
आगलागीबाट किराना पसल तथा भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। यस घटनाबाट करिब रु २,०४,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानविय वा चौपाय क्षति भने नभएको पुष्टि गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

