
झापा, २५ फागुन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमामा सोमबार बिहान साधारणतया बादल लागेको छ । देशका बाँकी स्थानको आकाशमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । ‘आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘प्रिमनसुन सिजन भएकाले मेघगर्जन–चट्याङसहित वर्षा हुन्छ ।’
यस्तै राति पनि गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

