
झापा, २४ फागुन । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हासिल गरेको छ ।
२८ निर्वाचन क्षेत्रमध्ये १६ सिटमा विजय दर्ता गर्दै रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लिन स्वीप गरेको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मोरङ–६ मा कांग्रेस नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरू आफ्नै गृह जिल्लामा पराजित भए ।

काँग्रेसले तेह्रथुम, सोलुखुम्बु र पाँचथरमा जित हात पार्दा श्रम संस्कृति पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा विजय हासिल गरेको छ। एमालेले ताप्लेजुङ, इलाम–२ र धनकुटामा जित निकालेको छ। बाँकी इलाम–१, संखुवासभा र सुनसरी–४ मा मतगणना जारी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

