
झापा, २८ फागुन । ग्रीस पठाइदिन्छु भन्दै २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । उनले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २५ लाख असुलेको आरोप छ ।
रकम लिएपछि उनी सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले राईलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो । राईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


