
झापा, ९ चैत । भारतबाट ७३ ग्राम ब्राउन सुगर ल्याउने अर्जुनधाराका एक युवक पक्राउ परेका छन् ।
हिजो साँझ ६ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही जिल्ला ईश्वरपुर–४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा–११ स्थित बसपार्कमा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनको शरीर तलासी लिँदा प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box


