
दमक , १७ चैत । पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको थियो।
शनिबार दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा समाजको तेस्रो अधिवेशन आयोजना गरिएको थियो।
अदौ क्वोने (घोन्डे , घोताने) समाजका अध्यक्ष भीम बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्लाका अध्यक्ष जगत गुरुङको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत, पश्चिम बङ्गाल गुरुङ एसोसिएसनका फाउन्डर प्रेसिडेन्ट दिलीप गुरुङ, अदौ (घोण्डे ,घोताने) गुरुङ चेली समाजसेवी ध्रुव देवी गुरुङ, सिक्किम राज्यका क्षेत्रीय संयोजक किशोर गुरुङ, कालेम्पोङ क्षेत्रीय संयोजक केशर कुमार गुरुङ, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा भिम बहादुर गुरुङको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। त्यस्तै समितिको उपाध्यक्षमा निमेश गुरुङ र दल बहादुर गुरुङ, सचिवमा रुकम गुरुङ, सहसचिव नरेश गुरुङ, कोषाध्यक्षमा ध्रुव कुमारी गुरुङलाई चयन गरिएको छ। त्यस्तै सदस्यहरुमा मन कुमार गुरुङ, अक्कल (अरुण) बहादुर गुरुङ, रण बहादुर गुरुङ, पिताम्बर गुरुङ, चन्द्र बहादुर गुरुङ, सूर्य कुमार गुरुङ, सन कुमार गुरुङ, राजेन्द्र गुरुङ, विक्रम गुरुङ, मन कृष्ण गुरुङ, प्रेम कुमार गुरुङ, किशोर गुरुङ, केशर कुमार गुरुङ, सजिव गुरुङ, ध्रुव गुरुङ, लाल बहादुर गुरुङ, प्रदिप गुरुङ, अम्बर गुरुङ, गुरुड र याम बहादुर गुरुङ रहनु भएको छ।
त्यस्तै सल्लाहकार समितिको संयोजकमा मोहन गुरुङ, सदस्यहरुमा तारामाया गुरुङ, शिव शंकर गुरुङ, तारा कुमार गुरुङ, फौद बहादुर गुरुङ, कुमारी गुरुङ, बलराम गुरुङ, छत्र बहादुर गुरुङ, ध्रुव देवी गुरुङ, नर ध्वोज गुरुङ अनि बखत गुरुङ रहनु भएको छ। समाजको क्षेत्रगत र जिल्लागत संयोजकमा लाल बहादुर गुरुङ, रण बहादुर गुरुङ, दल बहादुर गुरुङ, पिताम्बर गुरुङ, मन कृष्ण गुरुङ, राजेन्द्र गुरुङ, युवराज गुरुङ, विक्रम गुरुङ, निमेश गुरुङ, केशर कुमार गुरुङ, किशोर गुरुङ, संजीव गुरुङ चयन गरिएको छ।
समाजको नव निर्वाचित कार्यसमितिको कार्यकाल ३ बर्ष रहने र प्रत्येक वर्ष थप परिवारका विवरणहरु समावेश र संशोधन गर्दै पुस्तक प्रकाशित गर्ने जनाएको छ।
त्यस्तै पुर्खा पुरन गुरुङसंग नजोडिएका परिवारको विवरणहरुलाई खोज र अनुसन्धान गर्दै निकट भविष्यमा जोडिदै लगिने समाजले जनाइएको छ।
त्यस्तै कार्यक्रममा पुर्खा पुरन गुरुङ अन्तर्गतका जेष्ठ आमाबुवालाई श्रद्धा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
त्यस्तै कार्यक्रममा समाजले आफ्नो तेस्रो वंशावली पुस्तक विमोचन गरेको छ। पहिलो र दोस्रो चरणमा प्रकाशित भएका वंशावली विवरणहरू संशोधन गर्दै, थप परिवारका विवरणहरूलाई समावेश गरिएको छ।
प्रकाशित वंशावली पुस्तकमा पुर्खा पुरन गुरुङ अन्तर्गतका सन्तानहरुको बसाइँसराइ, ऐतिहासिक पृष्ठ भूमि लगाएतका विषयमा आधारित दस्तावेज राखिएको छ। पुर्खा पुरन गुरुङ अन्तर्गतका चार छोराहरु धनजीत, प्रताप, तिलचन र धनराजका सन्तानहरुको परिवारिक विवरण राखिएको छ।
समाजका उपाध्यक्ष दल बहादुर गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव रुकम गुरुङले गर्नुभएको थियो।
पुर्खा पुरन अदौ क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपाल द्वारातयार गरिएको उक्त वंशावली पुस्तक तेस्रो संस्करण हो । पुस्तक भित्र सामग्रीहरू अद्यावधिक गर्दै, थप शाखाहरूको विवरण समावेश गर्दै प्राप्त अभिलेखहरूलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ।
विगत एक दशकभन्दा लामो समयदेखि क्वोने, घोण्डे, घोताने समाज केन्द्रीय समिति द्वारा बर्ष दिन लामो स्थलगत खोज तथा अनुसन्धान गरी प्रारम्भिक विवरणका आधारमा अग्रज, सदस्य तथा विभिन्न स्थानमा वसोवास गर्नुहुने आमाबुवा, दाजुभाइ दिदीबहिनीहरूको सहयोग, सुझाव र उपलब्ध जानकारीको आधारमा उक्त वंशावली पुस्तक प्रकाशन गरिएको समाजले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


