
भद्रपुर, १७ चैत । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको स्कुटी चेकजाँच गर्दा तीन जना व्यक्तिलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–५ नरसिङ बगानमा आज साँझ ६ बजे चेकजाँच गर्दा प्र.१–०१–०१२ प ४७१५ नम्बरका स्कुटी चालक मेचीनगर–१२ बस्ने ३९ वर्षीय सन्तोष लिम्बु, भद्रपुर–११ बस्ने २४ वर्षीय ओम नरायण मण्डल र अर्जुनधारा–११ बस्ने २६ वर्षीय पुजन कुमार खनाललाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम २७० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामग्री तथा स्कुटी सहित उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
Facebook Comments Box


