
झापा, १९ चैत । झापा प्रहरीले नाकमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुरमा बुधबार साँझ बिर्तामोडका एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।
भद्रपुर नगरपालिका–५ मेचीपुल स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री देश भारत जिल्ला सुपोल त्रिवेणीगञ्ज–१२ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–४ बस्दै आएका १८ वर्षीय अमर कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीमाथि शंका लागेर चेक जाँच गर्दा उनले नाकभित्र लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित तौल गर्दा २ ग्राम ८९० मिलिग्राम बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


