
झापा, २१ चैत । झापाको भद्रपुर नगरपालिका–३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
झापाको भद्रपुर नगरपालिका–३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ ।
Facebook Comments Box


