
उर्लाबारी, २१ चैत । मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–३ स्थितबाट सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षिय कमल दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीहरु २६ हजार ६५ पिस , ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७० नगद, ३ थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटरसहित पक्राउ गरेको छ ।
Facebook Comments Box


