
झापा, २९ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
गएरााति अर्जुनधारा–२ को मिलन चोक नजिकै सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। उहाँलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको र हाल उहाँको अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



