
झापा, २९ बैशाख । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले बैशाख २७ गते साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन् । गिरीलाई बिर्तामोड–५ र मेचेलाई बिर्तामोड–४ बाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



