
धरान, २९ बैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बूलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
गए राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान–१३ मा चेकजाँचको क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरिराखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
एम्बुलेन्समा गाँजा बरामद भएसँगै चालक तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । उक्त एम्बूलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालि धरानद्वारा सञ्चालित रहेको खुल्न आएको छ । लागुऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



