
हल्दीबारी, ३० बैशाख । एसईई परीक्षा २०८२ को नतिजा सार्वजनिक भएसँगै हल्दीबारी गाउँपालिकाका विद्यालयहरूको समग्र नतिजा सार्वजनिक भएको छ।
सामुदायिक विद्यालयतर्फ
गाउँपालिकाका सामुदायिक विद्यालयमा जम्मा ३३३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १५२ जना मात्र उत्तीर्ण भएका छन्। समग्रमा ४५.६४ प्रतिशत सफलता दर देखिएको छ।
जन जागृति मा.वि.: ५४.७३%
सरस्वती मा.वि.: ४७.३७%
हल्दीबारी मा.वि.: ३७.३९%
पञ्चायत मा.वि.: ५२.३८%
लक्ष्मी मा.वि.: ३९.५३%
महेन्द्र मा.वि.: ५३.१२%
संस्थागत विद्यालयतर्फ
संस्थागत विद्यालयमा भने नतिजा निकै उत्कृष्ट देखिएको छ। जम्मा १८२ परीक्षार्थी मध्ये १७७ जना उत्तीर्ण, अर्थात् ९७.२५ प्रतिशत सफलता दर कायम भएको छ।
क्यानरी एकाडेमी: १००%
चिल्ड्रेन गार्डेन एकाडेमी गोलधाप: ९२%
चिल्ड्रेन गार्डेन मा.वि.: ९६.२९%
गोलधाप सनसाईन बोर्डिङ स्कुल: १००%
सिग्मा ईङ्लिस स्कुल: १००%
संस्कारा शिक्षा सदन: ९३.३३%
पालिकाको समग्र नतिजा
गाउँपालिकाभरि ५१५ परीक्षार्थी मध्ये ३२९ जना उत्तीर्ण भएका छन्। यसअनुसार पालिकाको समग्र सफलता दर ६३.८८ प्रतिशत रहेको छ।
उत्कृष्ट विद्यार्थी
यस वर्ष हल्दीबारी गाउँपालिकाको सर्वोच्च ४ GPA क्यानरी एकाडेमीकी छात्रा पुष्षा दंगालले हासिल गरेकी छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



