
विराटनगर, १ जेठ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको प्रमुखको रुपमा कार्यरत रही विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत आफू समेत प्रहरी कर्मचारीहरु परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेरा (Drone Camera) को माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य प्रभावकारी रुपमा सम्पादन गरेको, नागरिक सहायता कक्षमा डिस्पले बोर्ड (Display Board) जडान गरी सचेतनामुलक सन्देशहरु प्रवाह गर्ने कार्य गरेको, सञ्चार शाखाको निर्माण कार्य गरेको, हिरासत कक्षमा पुस्तकालय स्थापना गरी उल्लेखनिय रुपमा नवप्रवर्धनात्मक कार्यहरुलाई बढावा दिई नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपुर्ण कार्य गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



