
झापा, ३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब १०ः३० बजे दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए ।
घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा साँझ ७ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box


