
झापा, ६ जेठ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी नेपाल ल्याइएको करिब रु। २ लाख ६१ हजार ६ सय बराबरको लेडिज कपडा बरामद गरेको छ।
मंगलबार साँझ मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर अगाडि प्रहरीले चेकजाँचका क्रममा ८१ हजार ६ सय बराबरको कपडा बरामद गरेको थियो । त्यसैगरी सोही राति मेचीनगर–४ प्रसाद गौडाँगी क्षेत्रमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले थप १ लाख ८० हजार बराबरको लेडिज कपडा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box


