
चारपाने, २२ जेठ । नेपाल दशनामी समाज बिर्तामोडको आयोजनामा तीन दिने उद्घोषण तालिम शुरु भएको छ ।
नगरका दशनामीहरुमा क्षमता अभिबृद्धिसहित नेतृत्व विकास गर्ने उदेश्यले आजदेखि तीन दिने उद्घोषण तालिम आयोजना गरिएको हो । जेठ २२, २३ र २४ गतेसम्म सञ्तालन हुने तालिमको उद्घाटन नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पदमबहादुर पुरी (प्रकाश( र विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा गरेका छन् ।
तालिममा प्रशिक्षक नेपाल दशनामी समाज महिला समितिकी केन्द्रिय सचिव तारा गिरी रहेकी छिन् । नेपाल दशनामी समाज बिर्तामोडका अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुरी, बिशिष्ठ अतिथि गिरी, समाजका झापा सचिव युवराज गिरी लगायतले नगर समितिले आयोजना गरेको तालिमको सफलताको शुभकामना दिएका थिए । उनीहरुले यसप्रकारको तालिमले नेतृत्व विकासमा ठूलो सहयोग मिल्ने भन्दै तालिम अवधिभर बसेर आ–आफ्नो क्षमता अभिबृद्धि गर्न सहभागीहरुलाई आग्रहसमेत गरेका छन् ।
बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन नगर सचिव प्रजित पुरीले गरेका थिए । कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, बिर्तामोड नगर पूर्व अध्यक्ष अर्जुन गिरीलगायतको आतिथ्य रहेको थियो । तालिम बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ ।


