
झापा, २५ जेठ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा हटाउने सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको र हाल त्यस्तो कुनै तयारी पनि नरहेको स्पष्ट पार्नुभएको छ।
केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज हुन लागेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो।
यसअघि इन्धनको मूल्यवृद्धिका कारण जनजीवनमा सहजता ल्याउने उद्देश्यले मन्त्रिपरिषद्ले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
Facebook Comments Box


