
झापा, २९ साउन । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका प्रमुख नदीहरूमा बहाव हालसम्म सतर्कता तहभन्दा तल रहे पनि दिउँसो र राति बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।
महाशाखाले बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा दिउँसो र राति बहाव बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तथा आसपास भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो समय यस्तै पूर्वानुमानमा प्रमुख नदीहरूभन्दा साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढी देखिने गरेको छ।


