
झापा, २५ भदौ । सीमा सुरक्षा तथा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल, नेपालले झापा गाउँपालिकामा सीमावासीसँग अन्तरक्रिया गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको आयोजनामा झापा गाउँपालिका–४ स्थित छोटी भन्सार कार्यालय कुमरखोदको परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लक्की गणेश, सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, भन्सार प्रमुखहरू, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलगायत जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको सहभागिता थियो।
अन्तरक्रियामा सीमा सुरक्षा, भन्सार व्यवस्थापन, सीमा अपराध नियन्त्रण, शान्ति सुरक्षा, तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ, मानव बेचबिखन तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा झापा गाउँपालिका–१ देखि ४ सम्मका वडाध्यक्ष तथा करिब ५०–६० जना स्थानीयवासीको सहभागिता रहेको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो।


