
झापा, ९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा तथा बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ६५ पैसा र १०९ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १८ पैसा र बिक्रीदर ११ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ९७ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ११ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिनेछ ।


