
झापा, १० असोज । झापा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ३ जनालाई पक्राउ गरिएको छ ।
असोज ९ गते झापाको मेचिनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१२ का २६ वर्षिय सरोज थापा मगरलाई ६ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी जलथलले अर्जुनधारा नगरपालिका–८ का
२७ वर्षिय महमत सुलेमानलाई २ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी उदयपुरको बेलका नगरपालिका–९ स्थितबाट इलाका प्रहरी कार्यालय रामपुरले सोही स्थानका ३२ वर्षिय युवराज राईलाई १२ किलोग्राम लागू औषध गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।
Facebook Comments Box


