
विराटनगर, १० असोज। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान
गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ९ गते झापाबाट ४ जना र मोरङबाट २ जना पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट २२ महिना २६ दिन कैद सजाय र ५४ हजार ६ सय १५ रुपैयाँ ३४ पैसा जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।
Facebook Comments Box


