
विराटनगर, २१ असोज । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा भन्सारछली गरी अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरेको करिव ९ लाख ३ हजार ४७० रुपैया बरावरको बिभिन्न प्रकारको सामग्रीहरु बरामद गरेको छ ।
असोज २० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यात्रुवहाक बसमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिव १ लाख ६२ हजार ६१० रुपैया मुल्य वरावरको रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका बिभिन्न किसिमको खाध्यान्न सामग्री बरामद गरेको छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–५ स्थितबाट भन्सार छलीका कुर्था सुरुवाल, बच्चाको जामा, भेष्ट र मोजा सहित करिव ४ लाख ९ हजार ४६० रुपैया मुल्य बरावरको कपडा बरामद गरेको छ भने विराटनगर–९ स्थितबाट करिव २ लाख ७० हजार मुल्यबरावरको बिल बिजक नभएको सुपाडी ५४० किलोग्राम सुपारी बरामद गरेको छ । चेकजाँचकै क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट (PIT) खटिएको प्रहरी टोलीले विराटनगर–६ स्थितबाट भन्सारछलीका करिव ५० हजार मुल्य बरावरको कुर्थासुरुवाल र झापाको इलाका प्रहरी कार्यालय शिवगंजले करिव ११ हजार ४ सय बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।


