
झापा, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन मतदाताहरू बिहानैदेखि लाइनमा लागेका छन्।
मतदान बिहान ७:३० बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरू बिहानैदेखि मतदानस्थलमा पुगेका हुन्।
महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुने भएकाले मतदान प्रक्रियालाई चासोका साथ हेरिएको छ।
Facebook Comments Box


