झापा, २७ असोज । झापाको मेचीनगरबाट २६ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित दुर्गा मन्दिर क्षेत्रबाट अर्जुनधारा नगरपालिका–११ निवासी २७ वर्षीय अनिश माझीलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट परिचालित प्रहरी टोलीले उनलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ब्राउन सुगरसहित पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


