झापा, ४ मंसिर । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार भने देशभर आंशिक बदली रहने पूर्वानुमान छ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
Facebook Comments Box



