व्यंग्यनारान पाँडे
गौंथलीको बाऊले अवतार फेरेको देखेर कहिलेकाहीं यस्तो लाग्छ– यो संसारका मनुवाहरूमध्ये ऊ फेरि अर्काे त्यस्तो मनुवा हो, जो आफू बाहेक अरू कसैको पर्वाह गर्दैन; न त उसमा सामाजिक लाज–शरमको सामान्य अनुभूति नै छ !…
ऊ आज इण्डियन हुन् भनेर स्पष्ट चिनिने मान्छेका दुई थान जनानासित नारिएर आइरहेको पाँडेले बाटामा देख्यो । जिन्सको कालो–पुरानो पेन्ट, लामो बाउला भएको पोलिस्टरको नीलो शर्ट र त्यसमाथि ‘आयो नून’–को विज्ञापन छापिएको भेष्ट, टाउकोमा कान पछाडि पारेको काने टोपी र खुट्टाभन्दा निकै ठूलो पल्टने बूटमा कौडे मोडर्न देखिन्थ्यो ऊ ।

ती ३ थान मनुवा आँगनमा आइपुग्दासम्म गौथलीको बाऊको त्यस्तो ‘नयाँ अवतार’–तिर मात्र ध्यान दिएको पाँडेले उनीहरू आँगनमा आएपछि ती दुईटी जनानातिर पनि ध्यान दियो–
एउटी ः दूधालु गुजराँती भैंसीजस्ती थसुल्ली, अनुहारको उमेर अन्दाजी ४० वर्षभन्दा कम नलाग्ने ! दोछायाँतिर झट्ट भेटिंदा आँखा र दाँतको सेतो मात्र देखिने र ठोक्किन पुगिएला भनेजस्ती कञ्चन काली, सुर्पणखा जस्ती ! साडीले अँचेतेर बेरिएकी भए पनि उसका डणाक जिउ डेन्जर आक्रामक देखिने !
अर्की ः हेर्दै बझुल्ली ! बल्ढ्याङरे आँखा, सप्रेको काँक्राजस्ता पाखुरा, मुछेको आँटा टाँसेजस्तो लुँदा देखिने गर्धन, आँपका कोयाजस्ता ओठ, गोहीका पञ्जा जस्ता पौंजा भएकी, उमेर त्यही २५–२६ की हुँदी हो ।
ती दुबैका कानमा एकै खालका हरिया–पहेंला–राता केराउका दाना जत्रा फल लटरम्म देखिने ‘लहरे मनिहारी’ झुम्का लगाएका, नाक–नाकमा फलामे रंगका नथुनी अनि ओठ, गाला र हात–गोडाका नङमा निख्खुर रातो र आँखामा गाजल लत्तरपत्तर घसेका, खुट्टामा एकै किसिमका बैगुने रबरका चप्पल लगाएका ! दुबैका निधारमा ठूल्ठूला सिन्दुरका गोला टीका र सिउँदोमा ६ देखि ८ सेन्टिमिटर टुप्पीसम्म लचेप्रै सिन्दुर छर्लङ्ग देखिन्थे । ती दुईटीकै शारीरिक बनावट माथिल्लो खण्ड झन्नै ६० इञ्च र तल्लो भाग लगभग ७० इञ्चको हाराहारी थियो क्यार !…
उनीहरू सरासर पाँडे बसिरहेको बार्दलीमा आएर कुर्सीहरूमा थचाथच बसेपछि, कुनै समारोहमा ‘विशिष्टहरू’–को परिचय गराए झैं, गौंथलीको बाऊ जुरुक्क उठे र ती २ थान जनानाका टाउकामा प्याट्ट–प्याट्ट पार्दै भने– “लु इनै हुन् हए हामेरका पाँडे भइआजी, अब् तुमलोक कैसे ढोकभेट गर्ना हाय गरो !”
ती दुई पोथीले मुखामुख गरे र बालेन साहा शैलीमा छाती–छातीमा हात राखे । के सोचेर हो, गौंथलीको बाऊले भने– “इ दुबै नञाँ–नुतन हुन्, नेपाली कल्चेरल इस्टाहेल र अैलेको मोडन नेपालीमा जैसो ‘हाइ–बाइ’ र ‘हलो–उलो’ भन्’र इन्टोडुस–परिस्चहे गर्न पनि मनग्गे ढंग पार्दै’न् । तर, अब म जैसो अर्गज पत्रकार गर्नेका फिम्ली म्याम्बर भएसि सिकिहाल्छन् ! तपैं ‘इउ डोन माइन्’ चैं नगर हइ !”
पाँडेले अघिदेखिको कुत्कुती पखाल्ने मन्द हाँसो हाँस्तै सोध्यो– ‘को हुन् नि यिनीहरू ?’
गौंथलीको बाऊले गर्विलो हुँदै भने– “हन मसित ती तेसरी सिउँदामा रातै सिँधुर हालेर आउने को हुन्छन् ? रइ पनि तपैं अलि ढिलो कुरो बुद्छौ र मइ परिस्चहे गराइदिम् ।… यो ठूली चैंने यो स्यानीकी बढी दिदी हो र यो स्यानी चइँ यो ठूलीकी छोटी बुइनी हो । अस्ति सन्सरबार राती हामेरकै पाटीको पइकारी गर्ने कम्रेट साथीले यता बटुलेका गाई–गोरु पारि इण्डेन बेहारको गोडसिङभिटामा पुगाउन उसाई टसजोग गर्न जाँदा इनेरकै घराँ बास बसाइरथ्यो उसले । बस्न पनि इनेरका घराँ तीन रात उक्त साथी र म बसेका थिम् । तिइँ इ दुबैसित लबालब भो र दोढै मसित राजी भ’र आ’का । इ दोढीलाई नै, म तपैंभन्दा लङ्कै जेठो भ’का नाताले, तपैंले भाउजू मान्दा हुन्छ !…
…क्यार्ने त, तपैंकी अर्जिनिल भाउजू माने गउँथलीकी मम्मी कैले पल्टने माइलोसित र कैले तो राजेन्दर मिश्री भन्ने अरिमोठेसित त कैले कोसित इण्डेको सिल्गढी, मिर्रिक, किसुनगञ्जा, ठाकुरगञ्जातिर गइरन्छे । कपाल छोटा पारेर, पाइँट–भेस ला’र, मग्मग बास्ना आउने अत्तर छर्केर हिन्नमै मस्थ हुन थालिगई । मेरी सिरमती भन्न पनि अप्ठ्यारो लाग्ने मोडन्नी न मोडनन्नी भइहाली । भात–तिउन् पकाउने, भाँडा माज्ने, उस्का टोट्टल लुगा धुने सप्पै काम मलाई लाउने गर्थी । अस्ति नउरथा लागेकै दिन पल्टने माइला र एउडा रिकुटेसित कलकता भिजिटिङ गर्न हिनेकी अैलेसम्म घुरेकी छैन । आ… तेस्का गुज्जे कुरो तेल्ले मात्तै जान्या छ र ? भन्ने झ्वाँक चलो र मैले पनि एसो पो गरें हओ पाँडे भइआ ।… हामेरका बूढा बाहेरूले चलाइराख्या देशको सर्खार त अल्लारे केटा र पठेक्री केटीहर्ल चलाउने जुग जमाना आइराख्या ट्याममा जल्लाई जे मुन पर्छ, तेइ गर्न केले छेक्तो र’छ र ? होइन्त ?”
पाँडेले दिक्क मानेको खल्लो बोलीमा सोध्यो– ‘मुसीकी आमाको खानापूर्ति एउटीले हुँदैनथ्यो र दुई–दुई वटी ल्याको त ?’
उसले सजिलै भन्यो– “हत्तेरिका, रिजाप ल्याइराख्या नि ! एउडी फेरि कतै घुमन्तेनी भइगई भने अर्की हुन्छे भन्ने दुर्दश्री दिस्टिकोण नि मेरो । आफू खाली–खाल्सा नभउँ भन्ने भभिसेकसम्मलाई बन्धबस्त भनम् भन्र अथबा यस टपिकमा पछि डिस्सस गरम्ला । हामेरूको अनेत्र पनि मुख देखाउन पुग्नु छ र बिदा माङ्छौ, हइ ?”…
अनि, उनीहरू कुम जोडेर रमाइलोसँग गइरहेतिर हेर्दै र निधार चाउरी पार्दै पाँडेले मनमनै भन्यो… यिनेरू ‘मान्छे’ हुन् कि मान्छे जस्तै देखिने ‘जन्तु’ हुन्, हँऽऽऽ ??



