झापा, ८ मंसिर । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, बुधबार देशका हिमाली भूभागका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
Facebook Comments Box



