
झापा, १० माघ । बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट बुधवार सखुवाको चिरान काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको १८ थान २०.३५ क्युबि फिट र कन्काई नगरपालिका–४ बस्ने सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४.१७ क्यु.बि. फिट काठ बरामद गरेको हो ।

बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्कााई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
