
साजन शर्मा
मलेसिया, २२ चैत। बिगत लामो समयदेखि पक्षघात भई उपचाररत संगरुम्बा–२, इलाम निवासी भिम बहादुर राई नेपाली दूताबास मलेसियाको पूर्ण सहयोगमा सम्पूर्ण प्रक्रिया पूरा गरि स्वदेश फर्किएका छन्।
नेपाली दुताबासका कर्मचारीले हिजो उनको निवासमै पुगेर उद्धार गरि एयरपोर्ट सम्म पुर्याएको थियो।
भिम बहादुर राई बिगत लामो समयदेखि मलेसियामा कार्यरत थिए। दूतावासले आपत बिपत्तिमा परेका नेपाली श्रमिकहरुलाई राज्यकोषको बजेटबाट नेपाली श्रमिकहरुलाई सुरक्षितका साथ घर पठाउने वातावरण मिलाएको हो।
साथै दूतावासले मलेसिया जेलमा रहेका नेपालीलाई निकाल्निे बहान गरी घरको नम्बर मागेर ठगी गर्ने दलालहरुसँग जोखिन र नेपालबाट पनि पीडितको आफन्तले सिधै नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

