
गुजरात, ६ वैशाख । भारतमा चुनाव चलिरहेका बेला भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिंह रावमाथि जुत्ता प्रहार भएको घटना सेलाउन नपाउँदै भोलिपल्ट नै गुजरात कांग्रेसका नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ ।
सुरेन्द्र नगरको बढवानमा चुनावी सभालाई सम्बोधन गरिरहेका हार्दिकमाथि स्टेजमै थप्पड प्रहार भएको हो । सभामा उपस्थित मानिसहरुले थप्पड हान्ने व्यक्तिलाई निर्घात कुटपिट गरे ।
पुलिसले उनलाई निकै मुस्किलले जोगाएको छ । हार्दिकलाई थप्पड हानेको भिडियो पनि सार्वजनिक भएको छ । पथ्थड हान्ने व्यक्तिलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

