
तित्रा
हैन एइ केटा ! यी भ्रष्टाचारी भनेका र घुस्याहा भनेका एउटै एउटै मान्छे हुन् कि फरक हुन् ? थोरथोरै खाने घुस्याहा, धेरै–धेरै हसुनेर् भ्रष्टाचारी हुन् ? ठेकापट्टामा जस्तो भ्रष्टचारीहरूको पनि श्रेणी होला नि ! क–ख–ग–घ श्रेणी, पटक्कै कुरो बुझिएन । घुस लिने र दिने दुइटै अपराधी भन्छन्, तर मलाई चाहिँ घुस दिने मान्छे अपराधी भनेको चित्त बुझेन । बाध्य बनाएर घुस लिन्छन् अनि दिने मान्छे कसरी अपराधी भयो ? नपत्याए तँ जग्गा पास गर्न जा त ! यो जग्गाको राजश्व एक लाख लाग्छ भन्छन् । यत्रोविघ्न त नलाग्नु पनेर्, यो त अति भयो र अरु के के जाति भनेपछि लेखनदासले आधा ५० हजारसम्ममा मिलाउन सकिन्छ भन्छन् । होला ता नि भनेर ५० हजार दियो, भित्र चाहिँ १५ हजारको रसीद काट्छन् । राजश्व तिरेको रसीद भोलि पर्सि निकोर्सि……के के भन्दै दिंदैनन् । हात धोएर रसीदकै पछि लाग्यो भने फेरि राजश्व बढेर एक लाखकै कुरो आउँछ । लु तँ भन् त, घुस दिने कसरी अपराधी भयो ? फेरि धेरै कार्यालयमा घुस चढाइदियो भने काम मिलिक्कै हुन्छ, नत्र पन्ध्र दिन हल्लाइदिन्छन् । अनि के गरुन् बबुरा जनता ! पन्ध्र दिनसम्म सबै काम छोडेर कार्यालय धाउन थाल्दा आफ्नो सर्वश्व हुन्छ । त्यसैले घुस दिन बाध्य जनतालाई अपराधीको कोटीमा राखेको चाहिँ मलाई चित्तै बुझ्दैन ।
मैले भनें– घुस माग्ने कर्मचारीका हाकिमलाई गएर तिम्रा कर्मचारी घुस माग्छन् भनेर अर्जी गरे त भइहाल्छ त । किन यत्रो गन्थन !
मेरा कुरा सुनेर माइलाबा बेतोडले उपहासको हाँसो हाँसे । अनि भने– थुइक्क तेरो बुद्धि । नापी, कर, माल, भन्सार, यातायात, एयरपोर्ट……आदि जस्ता मलिला अड्डाका हाकिमहरूलाई आफ्ना कार्यालयमा के–के हुन्छ÷हुँदैछ भन्ने कुरो पनि नजान्ने नदेख्ने हाकिम हुन्छ त ? त्यसै हाकिम बन्न पाइन्छ ? हाकिमहरूको आफ्ना सम्पूर्ण कर्मचारीबीच सुमधुर सम्बन्ध हुँदैन ? यस्ता कुरा आफै बुझ्नु पर्छ । सयमा एक कोही भ्रष्टाचारविरोधी हाकिम आए भने सबै मिलेर उनकै टिकट कटाइदिन्छन् । कर्मचारी पनि पार्टी पार्टीका छन्, कसैले माथि नेता मन्त्रीलाई फोन गर्दियो भने मन्त्रालयबाटै सबैलाई राम्ररी मिलाएर काम गर्नू भन्ने आदेशात्मक फोन हाकिमलाई आउँछ । महाजालभित्र सानो मात्रै खेलोफड्को हुन्छ त । हैन तैंले के पढिस्, किताबै मात्र रटिस् ?
माइलाबा बोल्दाबोल्दै एकछिन चूप लागे, निधारको छाला खुम्च्याएर खै के सोचे अनि विस्तारै भन्न थाले– होउ केटा ! तँ दुई चार अक्षर पढेको मान्छे, लु भन् त यो भ्रष्टाचारी शब्दको खास अर्थ चाहिँ के हो ?
मैले भनें– शब्दकै अर्थ नजानी यत्रो बेर गफ गर्नु भो ? ल सुन्नुहोस्… भ्रष्टाचारी भनेको अर्काको सम्पत्ति सित्तै खाने पापी, अत्यन्तै पतित, खराब आचरण भएको, गतिछाडा मानमर्यादा नैतिकता समाप्त भएको, पक्षपाती, घाती, देशद्रोही, जनताको शत्रु, निचो दर्जाको चोर हो ।… बीचैमा बुढा खित्त हाँसे अनि भने– चोरको पनि दर्जा हुन्छ र ?
किन हुँदैन दर्जा – धोएर सुकाएका लुगा र बासी भात चोनेर्हरू भोका नाङ्गा भएको कारणले एक आङ र एक भुँडीका निम्ति चोनेर् हुन् यी क श्रेणीमा पर्छन् भने त्यहाँदेखि उता पतित हुँदै जाँदा देशकै सम्पत्ति लुट्ने ढुकुटी फोनेर्, नीतिगत भ्रष्टाचार गनेर्हरू ज्ञ श्रेणीका हुन् । नेपालीमा ज्ञ भन्दा पछाडिको अक्षर छैन र पो त, नत्र यिनीहरू ज्ञ भन्दा पनि तल अझै नीचो दर्जामा पुग्थे ।
बुढाले भने– अहिले केही समय अगाडिदेखि भ्रष्टचारीहरूको बिगबिगी बढेको कुरा पत्रपत्रिका रेडियो टेलिभिजनले भनिरहेका छन् । घुस घिच्ताघिच्तै पक्राउ परेको समाचार पनि भन्छ । ती पक्राउ परेका अधमहरू अहिले पनि जागिरै खाँदैछन् कि ? जेलमा कोचिए ? कि सरुवा बढुवा भएर अझै मलिला कार्यालयमा पुगे ? यस कुराको खैखबरी किन गदैर्नन् मिडियाहरू ? फेरि यी भ्रष्टाचारीलाई पक्रिनेहरूले नै भ्रष्टाचार गरे भने चाहिँ कस्ले पक्रिन्छ ? त्यस्ता कुरा पनि बेलाबखतमा सुनिन्छ । भ्रष्टाचारीका कुरा गर्दा कति भ्रष्टाचारकै पक्षधरहरू यस्तो कुर्तक गर्छन्– देशबाट भ्रष्टाचार निर्मूल गनेर् हो भने अहिलेका भ्रष्टाचारी मात्रै होइन, यहाँभन्दा अगाडिका पञ्चायतकालका, राणाकालका, मल्ल लिच्छवी र किराँत कालका भ्रष्टाचारीलाई पनि पक्रेर कार्वाही गर्नु पर्छ । पहिलेदेखिकालाई कार्वाही गदैर् गदैर् आएर मात्रै वर्तमान भ्रष्टहरूलाई छुन चलाउन पक्रिन पाइन्छ । सुन्दा पनि सिरी चढेर आउँछ । लहरो ताने पनि पहरो आफैं गर्जिन्छ भन्ने नबुझेका पटमूर्खहरू ! तैंले भनेको भ्रष्टाचारी शब्दको अर्थ ठीकै हो भने – त्यो त अत्यन्तै खराब सुन्नै नसकिने पो रै छ त ! भ्रष्टाहरूले शब्दको अर्थ मात्रै बुझ्नु हो भने पनि तिनको रगत चिसिनु पनेर् ! पक्कै पनि तिनीहरूलाई भ्रष्टाचारीको अर्थ थाहा छैन । आफ्नो सीप, श्रम, पसिना बिना अरुको सम्पत्ति लुटेर खाने नराधम बढेर गए भने धर्म संस्कार संस्कृति परम्परा मात्रै होइन, देश नै रहँदैन भनेर पुराणहरूमा पनि लेखिएको छ ।
बुढा बोल्न थालेपछि आफू बोलौंला भन्नु पदैर्न । थोत्रे रेडियो बजे झैं उनी एकोहोरो बजिरहन्छन् । बुढाले भने– एकजना ठूलै कवि, कलेजका प्रोफेसर विद्वान व्यक्तिले लेखेको, कलेजको चौध पन्ध्र कक्षामा पढाइने एउटा भ्रष्टाचारी कविता सुन्छस् ? कविको नाम चैं अहिले आएन ।
‘भन्सार कर हो सार बेसार अरु जागिर
परराष्ट्र नयाँ कार प्रहरी हरिको वर ।’
ए माइलाबा ! भ्रष्टाचारी कविता होइन, भ्रष्टाचारविरोधी कविता भन्नु न । अहिलेका भ्रष्टहरूको निम्ति यो कविता पुरानो भयो । अहिले नयाँ गाडी नयाँ कार चढ्न परराष्ट्रमा जागिर खाइरहनु पर्छ र ? जाबो कार चढ्न मन्त्री भइरहनु पर्छ ! रातारात नवधनाढ्य बनेका गने भँडारीहरू कारमा कुदिरहेका छन् । पार्टीका झोले धुपौरे बैठके हुक्के चम्चे आशे गाँसे कर्यासेदेखि लिएर अस्ति तपाईंले भोट दिएर जिताएका मेयर, उपमेयर, अध्यक्ष, सबै नयाँ कारमै सुइँकिरहेकै छन् त । तिनीहरूले भूइँमा टेकेको देख्नु भएको छ ? जम्काभेट हुँदा अर्कातिर मुन्टो बटारेको थाहा पाउनुभएको छैन ! फेरि भन्सार र करलाई मात्रै किन दोष दिनु ? त्यसका ब्याक्टेरिया र भाइरस फैलिएर अहिले कुनै क्षेत्र स्वस्थ र चोखो छैन । जो जहाँ छ, त्यसले सकेसम्म जुकाले रगत तानेझैं देश दोहन गरिरहेको छ । जुकामा नून हाल्ने मान्छेको पो यहाँ अभाव छ त !
अस्ति भर्खरै मात्र पत्रपत्रिकाले लेखेको पढ्नु भएन ? देशको असारे विकासका क्रममा डेढ दुई दर्जन जति इन्जिनीयर ठेकेदार लेखापाल हाकिमहरू लाखौं लाख रकम सहित पक्राउ परेका ! बुद्धि निख्रिएका भ्रष्टहरूले यसो माथिका देवी देउराली इष्ट देवता, कुलायन र तलका सिमे भूमे बुढेनी जंगली राहु केतु सन्ड मुसन्डहरूलाई ओप्सानी नहाली, अन्साई पन्साई नगरी एक्लै गाँस हाले क्यार… बिचराहरूको गाँसै अड्कियो । कसो कसो गरेर तल माथि रिझाएर जागिर चैं अड्याए क्यार ! भ्रष्टाचारका कारण फलानाको जागिर गयो, जेलमा सड्यो भनेको सुन्न पाएको छैन । कागज–प्रमाण–वकिल–मुद्दा, कैँचे कानून न्यायालय आदि के–के मा अल्झाउँदै अनेक कुरा बल्झाउँदै वषौर्वर्ष कटाइदिन्छन् । नेता मन्त्री पार्टीहरूले छाता ओढाइदिन्छन् । भ्रष्ट अपराधीलाई ठाउँका ठाउँ जंगे कानून लगाएर ठेगान लगाउने चलन भए घुस मुखबाट किलकिलेसम्मै पुग्नेगरी घुसार्दिए पनि कार्वाहीका डरले उगेल्ने थिए । तर, यहाँ कहिल्यै कुनै भ्रष्टलाई कार्वाही हुँदैन । न्याय गनेर्हरूले गरेका अन्यायको महाभारत खुल्ला किताबजस्तै छ, त्यही पढे भई गो नि !
बुढाले हाँस्तै भने– साँच्चै भ्रष्टाचार जस्तो अपराधलाई रोक्ने हो र अपराधीहरूलाई चौखुर्याउने हो भने देशको खुंखार पूर्व भ्रष्टाचारी जस्ले ब्रह्मलूट मच्चाएर अहिले उघ्राएर बसेको होस्, त्यसलाई भ्रष्टाचारीलाई पक्रिने अधिकार दिनुपर्छ । उसले मात्रै देख्छ, देश दोहन कसरी कहाँ–कहाँबाट हुन्छ भनेर । ठूला माछा पक्रियो भने आफ्नै जागिर जान्छ भनेर साठी हजारको जागिरको निम्ति नब्बे हजार नशा कपाउने कमजोर मान्छेबाट भ्रष्टाचार कसरी निवारण हुन्छ ? तँ र म बसेर भ्रष्टाचारका कुरा गर्दा मान्छे हाँस्छन् । यिनीहरूलाई भ्रष्टाचारका गौंडा गल्छेडा गोरेटा के थाहा ? बरु हामीसँग सिक्न बुझ्न आउनु नि भनेर उपहास गदैर् तिघ्रा ठटाउँछन् । त्यसकारण नबुझेको कुरामा बहस नगरौं । जत्ति नै कुरा गरे पनि कुरैको दुःख मात्रै हो भन्दै बुढा उठेर आफ्नो बाटो लागे । मेचीखबर साप्ताहिकबाट

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
