
बुधबारे, १९ चैत । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजले दुई स्वास्थ्य संस्थामा पीपीई प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पीपीई प्रदान गरेको हो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफू राईले जोखिम मोलेर खटिरहेकाहरुको सुरक्षा र सेवा प्रदानमा सहजता पुर्याउने उद्देश्यले पीपीई वितरण गरेको बताउनुभयो ।
जेसीजले बुद्धाशान्ति–१ स्थित होक्से मेडिकल र बुद्धशान्ति–६ स्थित राई हेल्थ क्लिनिकलाई पीपीई प्रदान गरेको पत्रकार एवम् जेसीजकर्मी अनिल वाग्लेले बताउनुभयो । पीपीई पाएपछि सुरक्षित भएको प्रत्याभूत गरिरहेको र सेवा प्रवाहमा सहजता आएको उनीहरुले बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


